अब म टेलिफोन घुमाउछु (I will call to my mom...)
मेरा फेसबुकका धेरै साथिहरुले नेपाली तिथि अनुसार आमाको मुख हेर्ने दिन पारेर आफ्ना फेसबुक को वालमा आफ्न आमा प्रतिको श्रद्धाभाव र प्रेम प्रकट गरेको देखे । पढ्दा कति राम्रो लग्ने, हरेक शब्द कति मार्मिक र कति गहिरा अनि भावना ले भरिएका । यो पढ्दा कुन त्यो जन्म दिने आमाको आख़ाबाट खुसीको आशु नखस्ला र ? जब आफ्नो सन्तानले छोराछोरीले आफुलाई येति धेरै श्रद्धाभाव र प्रेम प्रकट गर्दा ।
विदेशमा बस्ने अरु धेरै मित्र हरुले पनि येस्तै भावपूर्ण र मिठा मिठा शब्दले सृगारिएको Status फेसबुकमा पोस्ट गरेको रहेछन । मेरो मन मा एउटा प्रस्न तेर्सियो, के बास्तवमै हाम्रा सबै आमाहरु आजकल फेसबुक चलाउन जान्ने भैसक्नुभाको हो त? म एकछिन अलमल्लिए । म बिदेशी भूमिमा छु । मैले पनि मलाई अतिनै माया गर्ने, मलाई जन्म दिएर हुर्काउने बढाउने मेरी आमालाई याद गरे । म पनि मेरी आमालाई उत्तिकै माया गर्छु जति अरुहरुले आफ्नी आमालाई गर्छन । मलाई पनि अरू साथीभाई जस्तै आफ्नो फेसबुक को वाल मा Status पोस्ट गरेर आफ्नी आमा प्रतिको श्रद्धभाव र प्रेम प्रकट गर्न मन लग्यो, तर एकछिन अडिएर सोचे मेरो आमा साधारण पढाईलेखाई त गर्न सक्नुहुन्छ तर खासै पढेलेखेको आजका युगको फेसबुक चलाउन जान्ने आमाहरुमा चाही पर्नुभएन । तर म यो बिशेस दिन येत्तिकै खेर जान चाही दिन्न । हो अब पनि म मेरी आमाको फोन नम्बर घुमाउछु .... ....अनि भन्ने हु, तिम्रो मुख हेर्ने दिनमा म तिमि भन्दा टाढा छु अनि कुनै उपहार दिन सक्दिन तर यी मेरा शब्दहरुको उपहार तिमीलाई....